नियम ६
अन्तशुल्क लगाउने प्रक्रिया
(१) मदिरा, स्प्रिट, खुदो (मोलासेस) र वियरलाई उत्पादन गरी निष्कासन गर्दाको अवस्थामा नै अन्तशुल्क लगाई असुल उपर गर्ने गरी भौतिक नियन्त्रण प्रणाली अन्तर्गत निष्कासन गर्न दिइनेछ ।
(२) उपनियम (१) मा उल्लिखित वस्तु बाहेकका अन्य अन्तशुल्क लाग्ने वस्तु तथा सेवालाई स्वयं निष्कासन प्रणाली अन्तर्गत निष्कासन गर्न दिइनेछ ।
(२क) उपनियम (१) र (२) मा जनुसुकै कुरा लेखिएको भए तापनि चुरोट, सूर्ती, खैनी, गुट्खा, निकोटिन युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सूर्तीजन्य पदार्थहरु निस्कासन गर्दा लाग्ने अन्त शुल्क राजश्व दाखिला गरी माग फाराम स्वीकृत गराई निस्कासन गर्न दिइनेछ ।
(३) उत्पादन गरी निष्कासन गर्दाको अवस्थामा नै अन्तशुल्क लगाई असुल उपर गर्नु पर्ने भौतिक नियन्त्रण प्रणालीमा आधारित वस्तुको हकमा उत्पादकले आर्थिक वर्षभरीमा उत्पादन गर्ने वस्तु र सो वापत बुझाउनु पर्ने अन्तशुल्क रकमको अन्तशुल्क अधिकृतले हिसाब गरी त्यस्तो रकम उत्पादकबाट अग्रीम रूपमा धरौटी राख्न लगाउन सक्नेछ । त्यसरी धरौटी राखिएको रकम अन्तशुल्क वापत बुझाउनु पर्ने रकम भन्दा कम भएमा अन्तशुल्क अधिकृतले नपुग रकम जति उत्पादकबाट दाखिला गर्न लगाउन सक्नेछ र बढी भए जति रकम उत्पादकलाई फिर्ता गर्नु पर्नेछ ।
(४) स्वयं निष्कासन प्रणाली अन्तर्गत निष्कासन हुने वस्तु तथा सेवाका हकमा अनुसूची–१३ बमोजिमको बिजकमा अन्तशुल्क असुल गरी ऐनको दफा ३ बमोजिम दाखिला गर्नु पर्नेछ ।
…………
(५) भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका वस्तुको निष्कासन माग फाराम स्वीकृत भएपछि पनि अनुसूची–१३ बमोजिमको बिजक जारी गरी सामान निष्कासन गर्नुपर्नेछ ।